Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ताे छ आज फलफूल तथा तरकारीकाे बजार मूल्य


    शुक्रबार, मंसिर १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ।

    समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेँडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ,सेतो आलु ३८ रुपैयाँ,प्याज सुकेको भारतीय ९५ रुपैयाँ रहेको छ।

    यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०,बन्दा लोकल ६०, स्थानीय काउली २०,मूलारातो ३५,सेतो लोकल मूला १५,भन्टा लाम्चो २०,मकै बोडी २०, भटमासकोशा १६०,घिउ सिमी लोकल २०, राजमा सिमी ९०, तितो करेला ११०,लौका २०,परवल लोकल ५०,घिरौंला ३०, फर्सी पाकेको ३०,हरियो फर्सी डल्लो १५ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ।

    रायो साग ३०,पालुंगो १००,चमसुर ९०,तोरी ३०, हरियो प्याज ९०,च्याउ कन्य ५०, डल्ले च्याउ २८०,कुरीलो १०००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ। फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइनेछ। यस्तै,केरा १६०,कागती १००,अनार ४००,कालो अंगुर ४००,सुन्तला नेपाली ८०,मौसम ९०,जुनार २२०, आभोकाडो २०० र किवि १५० रुपैयाँ तोकिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार