काठमाण्डाै। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजको भाउ फेरि बढ्न थालेको छ । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ ।
भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ ।
नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था छ । यसले गर्दा भारतमा भाउ बढ्नासाथ नेपाली बजारमा पनि महँगो हुन्छ । भाउ बढेपछि भारतबाट अहिले नेपाली बजारमा खासै प्याज भित्रिएको छैन । प्याजको आयात कम भएसँगै कृत्रिम अभाव समेत हुन थालेको छ ।
काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको भाउ लगातार बढिरहेको जनाएको छ । समितिले काठमाण्डौमा आज प्याजको थोक मूल्य किलोमा ११५ देखि १२० रुपैयाँ निर्धारण गरेको छ । खुद्रा पसलमा योभन्दा महँगो पर्छ । बजारमा हरियो तरकारीको भाउ भने घट्दो छ ।
बजारमा साग, सिमी र लाम्चो भन्टा सबैभन्दा सस्तो छ । यी तरकारी किलोको १० देखि १५ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै, आज करेला किलोको ५० रुपैयाँ, पीरो खुर्सानी किलोको ८० देखि ९० रुपैयाँ, भिन्डी २० रुपैयाँ, गोलभेँडा किलो ५० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend