Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शङ्कर पोखरेल भन्छन्- नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक


    शनिबार, भाद्र ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विपक्षी नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको गुनासो गरेका छन् ।

    ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए ।

    नेम्वाङप्रति देखिएको सद्भाव र उनको अवसानपछि देखिएको सहानुभूतिले उनले सार्थक जीवन जिएको महासचिव पोखरेलले बताए । संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताए । “एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्‍यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ”, पोखरेलले भने, “माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेल्नुभएको भूमिका अविस्मरणीय छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार