पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले विभिन्न मुद्दामा न्यायिक निकायबाट दोषी प्रमाणित भएपछि फरारको सूचीमा रहेका चार जना अभियुक्तलाई शुक्रबार साँझ पक्राउ गरेको छ । उनीहरूलाई सदरमुकाम फिदिमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पक्राउ पर्नेमा फिदिम १ का २४ वर्षीय आशिष यवा,फिदिम १ का २५ वर्षीय विवेक थेवे,सञ्जय नेम्वाङ र फिदिम १० का संगम थाम्सुहाङ छन् । यवा र थेवेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय पााचथरले २०७१ सालमा दोषी प्रमाणित गर्दै जरिवाना ताकेको थियो । उनीहरूमध्ये यवाबाट ५ र थेवेबाट १० हजार जरिवाना असुल्न प्रशासनले फैसला गरेको थियो ।
यस्तै नेम्वाङ र थाम्सुहाङ अवैध लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध ब्राउन सुगर ओसारपसार मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भएपछि गत साउनदेखि फरार उनीहरूलाई सदरमुकाम फिदिमदेखि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पााचथरका सूचना अधिकारी सुमित कुशवाहाले बताए ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend