Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो सातामा प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य


    शनिबार, भाद्र ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा यो सातामा मात्रै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

    महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको छ ।

    यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख ११ हजार २५० रुपैयाँ छ ।

    यसबाहेक, यो साता चाँदीको कारोबार मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार समेत सोही मूल्यमा कारोबार भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार