Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा बेथिति, मन्त्रीकै पार्टीमा चरम असन्तुष्टि


    शनिबार, भाद्र ३० २०८०
    4.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ९ जना सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) सहसचिव र ६१ जना सी.डी.ई. (उपसचिव) हरुको सरुवा गरेको छ ।

    मन्त्रालयमा देखिएका विकृतिहरु हटाउँदै सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सरुवामा चुकेका छन् ।

    चार महिना नपुग्दै मदन भण्डारी आयोजना गुल्मीमा कार्यरत माधबप्रसाद अधिकारीलाई हुलाकी निर्देशनालयमा सरुवा गरिएको छ । ठूला नेताको भनसुनमा उनको ठाउँमा मध्यपहाडी दैलेखका प्रमुख युबराज पोखरेल आएका छन् ।

    त्यस्तै ४ महिनामै सरुवा हुनेमा बाबुराम सापकोटा काठमाडौ चक्रपथबाट पाल्पा सडक डिभिजन, रामकुमार देब संघीय सड़क सुपरीबेक्षण तथा अनुगमन कार्यालयबाट सडक डिभिजन धनकुटा, दीपेन्द्र पाण्डेय बीरगंज–पथलैया सडक योजनाबाट सडक डिभिजन चपुर, होमबहादुर एसी बुटवल डिभिजनबाट मध्यपहाडी पाँचथर, बलीराज मल्ल सडक बिभागबाट हुलाकी राजमार्ग इटहरीमा सरुवा भएका छन् ।

    बलीराज मल्ल राजनीतिक पहुँच प्रयोग गरी १ महिनामै सडक विभागबाट सरुवा भएका हुन् । कोही सरुवाका सिकार भएका छन् भने कोही छोटो अवधिमै तोकिएको कार्यालयमा काम नगरी नेता, मन्त्रीलाइ प्रभावमा पारी आकर्षक कार्यालयमा सरुवा भएका छन् । १ बर्ष नपुग्दै प्रदीप निरौला पाल्पा सडक डिभिजनबाट आकर्षक कार्यालय तमोर कोरिडोरमा गएका छन् भने विवशबाबु सहादेब सडक बिभागमा नियुक्ति भएको १ बर्षमै सडक डिभिजन साँफेबगरमा दुर्गम भएको भन्दै मन्त्रीलाई प्रभाबमा पारी सडक डिभिजन शिवपुरमा सरुवा गराउन सफल भएका छन् । नवराज बाँस्तोला अरु सिनियर डीई हुँदाहुँदै पनि सडक डिभिजन पोखरामा बाजी मार्न सफल भएका छन् ।

    अचम्म त के छ भने मन्त्री नेकपा (एकीकृत समाजवादी) पार्टीका भए पनि नेपाली कांग्रेसनिकट कर्मचारीहरुले अवसर पाएका छन् । कर्मचारी युनियनका नेता सुबोधकुमार देवकोटा मदन भण्डारी दमकबाट सडक डिभिजन नुवाकोट, कर्मचारी युनियन भौतिकका बिभागीय कार्यसमिति अध्यक्ष खुमबहादुर भण्डारीलाई सुर्खेत सडक डिभिजनको निमित्त प्रमुख, युनियनका नेता नेत्रप्रसाद देबकोटालाई सहिदमार्ग रोल्पाको निमित्त प्रमुख बनाइएको छ । जबकि निजामती सेवा ऐन अनुसार कार्यसमिति अध्यक्ष कार्यालय प्रमुख हुन पाइँदैन । त्यस्तै जुनियर इन्जीनीयरहरुलाई विभिन्न योजना कार्यालयहरुमा निमित्तको जिम्मेवारी दिइएको छ ।

    इन्जिनियरहरु लक्ष्मण रावल, वीरेन्द्र चन्द, लक्ष्मण जोशी, आशुतोष कर्ण, पुजन गिरी लगायतलाई सिनियर उपसचिव हुँदाहुँदै निमित्त योजना प्रमुख दिइएको छ । यस्तो कार्यले विकृति ल्याइरहेको र काम गर्ने कर्मचारीहरु निरुत्साहित भएको बिभागका एकजना डीईले गुनासो गरेका छन् ।

    उपसचिव नहुँदै कार्यलय प्रमुख हुँदै आएका र १.५ बर्ष अघिमात्र डीई भएका लिला भण्डारी यो सरुवामा हावी भएका छन् ।

    मन्त्री ज्वालाका जिल्लाबासी बताउने लिला यो भन्दा अघिका सरुवाहरुमा पनि जुन पार्टीको मन्त्री भयो, सोही पार्टी निकट भएर सधैंजसो आकर्षक कार्यालयमा बस्ने गरेका छन् । हुलाकी नेपालगंजका प्रमुख सुमन योगेशलाइ १ बर्षमै सरुवा गरी आफू उक्त कार्यलयमा सरुवा भएका छन् ।

    अवधि नपुग्दै सरुवा गर्दा कर्मचारीहरुको मनोबल गिर्ने, अपेक्षित नतिजा नआउने र समग्र पूँजीगत खर्च नै कम हुने गरेको मन्त्रालय स्रोतले बताएको छ । अहिलेका मन्त्री ज्वालाले पनि सुशासनको नारा जपे पनि उनको कार्यशैली फरक देखिएको छ । मन्त्रीबाट भद्रगोल सरुवामा नियन्त्रणको आश गरे पनि उनको व्यबहार खासै फरक नदेखिएको र यस्तो हुनुमा आर्थिक प्रलोभनमा परेको हुनसक्ने मन्त्रालय स्रोतले बतायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार