Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोरी आराेपमा तीन जना पक्राउ


    शुक्रबार, भाद्र २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की। प्रहरीले चोरी गरेको अभियोगमा नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित पोखरा महानगरपालिका-२८ देउमारी बस्ने १९ वर्षीय विशाल जिसी समेत ३ जनालाई पक्राउ गरेको छ ।

    सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसिसि रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार