काठमाडौं । तीज आउन एक साता बाँकी छ । तर उद्योग विभागमा भने एक हप्ताअघि नै रमझमका साथ सोमबार दिउँसो तीज मनाइएको छ ।
सोमबार दिउँसो २ बजे विभागको सभाहलमा तीज कार्यक्रम राखिएको थियो । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको निर्देशनमा प्रशासन शाखाकी निर्देशक रमिला भण्डारीले तीज कार्यक्रमको ब्यवस्थापन सम्हालेकी थिइन् । कार्यालय समयभित्रै विभागकै प्रांगणमा तीज कार्यक्रम सांगीतिक माहौलसहित राखिएको थियो ।
विभागका कर्मचारीलाई तीज लागेपछि सेवाग्राहीहरु मारमा परेका थिए । विभिन्न काम लिएर जाने सेवाग्राहीहरु तीज कार्यक्रम भएकाले रुष्ट भएर फर्किएका थिए । कतिपय कर्मचारीहरु कार्यालय परिसरमा कार्यक्रम राखिए पनि सहभागी भएनन् भने कतिपय बाध्यताले सहभागी भएका थिए । विभाग नजिकै रहेको क्यान्टिनमा सहभागीहरुलाई खानपिनको ब्यवस्था गरिएको थियो । २० किलो कुखुराको मासु पकाउन क्यान्टिनमा आदेश दिइएको थियो ।
पुलाउ लगायत बिभिन्न परिकारहरु हलमा ब्यवस्था गरिएको थियो । सोमबार बिहानैदेखि महानिर्देशक गौतमले दैनिक कार्यक्रमलाई रद्द गरेर तीज कार्यक्रममा सहभागी भएका थिए । उनैको निर्देशनमा आज राखिएका आधा दर्जन मुद्दाका पेशीहरु तीज कार्यक्रममा सहभागी हुन रद्द गरिएको थियो । काठमाडौं बाहिरबाट मुद्दाको पेशीका लागि आएका सेवाग्राहीहरु इजलास रद्द गरिएपछि आक्रोशित भई फर्किएका थिए ।
यसैगरी, मंगलबार दिउँसो १ बजे ७ सदस्यीय टोलीको नेतृत्व गर्दै महानिर्देशक गौतम जीआईजेडको कार्यक्रममा भाग लिन थाईल्याण्ड र बंगलादेशको भ्रमणमा जाँदैछन् । विभागका निर्देशकहरु रमिला भण्डारी, शंकर धामी, शान्ता मरासिनीसमेत सो कार्यक्रममा जाँदैछन् ।
महानिर्देशक गौतमका विश्वासपात्र निर्देशक मनोज रेग्मी भने गतहप्ता नै जेनेभा उडिसकेका छन् । विदेश भ्रमणको पूर्वसन्ध्यामा इजलास नै रद्द गरेर तीज कार्यक्रम गर्न निर्देशन दिएका गौतमले आफूलाई सुशासन र आर्थिक मितब्ययिताको पक्षधर भएको दाबी गर्न छाडेका छैनन् ।
गौतमले विदेश जाँदाजाँदै अनुमति शाखाका शाखा अधिकृत गृस्मा शर्मालाई ६ महिना नपुग्दै ट्रेडमार्क शाखामा सरुवा गरेका छन् ।
महानिर्देशक गौतमले निर्देशक रमिला भण्डारीलाई विदेशी लगानी शाखाको निर्देशक बनाउनका लागि प्राविधिक समूहको दरबन्दी कटौती गर्न उद्योग मन्त्रालयमा सिफारिस गरिसकेका छन् । विदेशी लगानी शाखाको दरबन्दी प्राविधिक समूहको उपसचिवको नेतृत्वमा रहँदैआएको छ । उक्त शाखाका अधिकृत लीला काफ्लेको डिजाइनमा भण्डारीलाई सो शाखामा लान लागिएको विभागमा चर्चा छ ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend