काठमाडौं । तीज आउन एक साता बाँकी छ । तर उद्योग विभागमा भने एक हप्ताअघि नै रमझमका साथ सोमबार दिउँसो तीज मनाइएको छ ।
सोमबार दिउँसो २ बजे विभागको सभाहलमा तीज कार्यक्रम राखिएको थियो । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको निर्देशनमा प्रशासन शाखाकी निर्देशक रमिला भण्डारीले तीज कार्यक्रमको ब्यवस्थापन सम्हालेकी थिइन् । कार्यालय समयभित्रै विभागकै प्रांगणमा तीज कार्यक्रम सांगीतिक माहौलसहित राखिएको थियो ।
विभागका कर्मचारीलाई तीज लागेपछि सेवाग्राहीहरु मारमा परेका थिए । विभिन्न काम लिएर जाने सेवाग्राहीहरु तीज कार्यक्रम भएकाले रुष्ट भएर फर्किएका थिए । कतिपय कर्मचारीहरु कार्यालय परिसरमा कार्यक्रम राखिए पनि सहभागी भएनन् भने कतिपय बाध्यताले सहभागी भएका थिए । विभाग नजिकै रहेको क्यान्टिनमा सहभागीहरुलाई खानपिनको ब्यवस्था गरिएको थियो । २० किलो कुखुराको मासु पकाउन क्यान्टिनमा आदेश दिइएको थियो ।
पुलाउ लगायत बिभिन्न परिकारहरु हलमा ब्यवस्था गरिएको थियो । सोमबार बिहानैदेखि महानिर्देशक गौतमले दैनिक कार्यक्रमलाई रद्द गरेर तीज कार्यक्रममा सहभागी भएका थिए । उनैको निर्देशनमा आज राखिएका आधा दर्जन मुद्दाका पेशीहरु तीज कार्यक्रममा सहभागी हुन रद्द गरिएको थियो । काठमाडौं बाहिरबाट मुद्दाको पेशीका लागि आएका सेवाग्राहीहरु इजलास रद्द गरिएपछि आक्रोशित भई फर्किएका थिए ।
यसैगरी, मंगलबार दिउँसो १ बजे ७ सदस्यीय टोलीको नेतृत्व गर्दै महानिर्देशक गौतम जीआईजेडको कार्यक्रममा भाग लिन थाईल्याण्ड र बंगलादेशको भ्रमणमा जाँदैछन् । विभागका निर्देशकहरु रमिला भण्डारी, शंकर धामी, शान्ता मरासिनीसमेत सो कार्यक्रममा जाँदैछन् ।
महानिर्देशक गौतमका विश्वासपात्र निर्देशक मनोज रेग्मी भने गतहप्ता नै जेनेभा उडिसकेका छन् । विदेश भ्रमणको पूर्वसन्ध्यामा इजलास नै रद्द गरेर तीज कार्यक्रम गर्न निर्देशन दिएका गौतमले आफूलाई सुशासन र आर्थिक मितब्ययिताको पक्षधर भएको दाबी गर्न छाडेका छैनन् ।
गौतमले विदेश जाँदाजाँदै अनुमति शाखाका शाखा अधिकृत गृस्मा शर्मालाई ६ महिना नपुग्दै ट्रेडमार्क शाखामा सरुवा गरेका छन् ।
महानिर्देशक गौतमले निर्देशक रमिला भण्डारीलाई विदेशी लगानी शाखाको निर्देशक बनाउनका लागि प्राविधिक समूहको दरबन्दी कटौती गर्न उद्योग मन्त्रालयमा सिफारिस गरिसकेका छन् । विदेशी लगानी शाखाको दरबन्दी प्राविधिक समूहको उपसचिवको नेतृत्वमा रहँदैआएको छ । उक्त शाखाका अधिकृत लीला काफ्लेको डिजाइनमा भण्डारीलाई सो शाखामा लान लागिएको विभागमा चर्चा छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend