Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युएईमा ८ जना नेपाली कोरोना संक्रमित


    बुधबार, चैत्र १९ २०७६
    680
    Shares
  • २ मिनेट पाठ
  • युएई, १९ चैत । वैदेशिक रोजगारीको क्रममा  संयुक्त अरब ईमिरेट्स ९युएई० पुगेका ८ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन ।  युएईमा फाल्गुन २६ गते पहिलोपटक २ जना नेपाली कोरोनाबाट संक्रमित भएको पुष्टि भएको थियो ।  त्यसपछि चैत्र १४ गते २ जना नेपाली सहित ७२ जना र चैत्र १५ गते पुनः २ जना नेपाली सहित ६३ जनामा कोरोना देखिएको त्यहाँको स्वास्थ तथा रोकथाम मन्त्रालयले जनाएको छ।

    स्वास्थ मन्त्रालयले मंगलबार नयाँ २ जना नेपाली सहित ५३ जना कोरोनाबाट संक्रमित भएको  छ। यो संगै युएईमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ। संक्रमित सबैको आईसोलेसनमा उपचार भईरहेको र २ जना संक्रमण मुक्त बनिसकेको दूतावासले जनाएको छ।

    यसैबीच कोरोनाबाट नेपालीहरु समेत संक्रमित हुन थालेपछि नेपाली दूतावासले आफ्ना नागरिकलाई संयमित बन्न आग्रह गरेको छ। साथै स्थानीय प्रशासनले जारी गरेका नियमहरु सावधानीपुर्वक पालना गर्न दूतावासले विज्ञप्ति मार्फत आग्रह गरेको छ।

    युएईमा अहिलेसम्म ६ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको छ। यसैगरी मृत्यु हुनेको संख्या ६ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार