Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा नक्कली महको कारोबार, एक जना पक्राउ


    आइतबार, भाद्र २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीको धनगढीमा नक्कली महको कारोबार गर्दै आएका एक जना पक्राउ परेका छन् ।

    धनगढी उपमहानगरपालिका २ फनपार्कस्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक मोहम्मद साहरीका छोरा ३० वर्षीय जुमाइदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    अन्सारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राम बहादुर बमको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको छ । उनको साथबाट अन्सारीले चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको नक्कली मह बरामद समेत गरेको छ ।

    प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस ४ सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाइ र चिनी ५० किलो बरामद गरिएको बताइएको छ ।

    आवश्यक कारबाही तथा अनुसन्धानका लागि अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार