Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ


    आइतबार, भाद्र २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले मागेको दुई करोड ४६ लाख रुपैयाँ धरौटी रकम बुझाएर उनी आजै साँझ रिहा भएका हुन् ।

    जिल्ला अदालतले आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

    सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार