काठमाडौं । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले ‘दान’ दिएको करिब ११ रोपनी जग्गा प्रकरणले सामाजिक संजालमा मात्र होइन, एमालेभित्रै पनि भित्रभित्रै बिरोध भइरहेको छ । तर खुलेर बिरोध गर्दा भीम रावल हुने त्रासले कोही बोल्न नसके पनि बिन्दा पाण्डेले साहसका साथ गुरुङबाट पार्टी कार्यालयका लागि जग्गा ‘दान’ लिनु गलत भएको टिप्पणी सार्वजनिक रुपमा गरेकी छन् ।
एमालेका केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यदेखि पदाधिकारीसम्मले भाटभटेनीका साहु गुरुङले दिएको दानलाई सही हो भन्न सकेका छैनन् । बिशाल भट्टराईले एक एफएम र गोकुल बास्कोटाले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा पार्टी कार्यालयका लागि ब्यापारीसँग दान लिने कार्यलाई सही हो भनेर प्रतिरक्षा गर्न सकेको देखिएन । उनीहरु दुवैले घुमाउरो ढंगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयको बचाउ गर्न खोजे । तर भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट दान लिनु उचित भएको तर्कपूर्ण जवाफ दिन सकेका छैनन् ।
चियापसल, सामाजिक संजालदेखि सडकसम्म एमाले नेताहरुले विवादित ब्यापारीबाट दान लिएको बिषयमा उठेको प्रश्नको जवाफ दिन सकेका छैनन् । जग्गा प्रकरणपछि एमालेका केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म मिडियामा बोल्नबाट पन्छिने गरेका छन् । मिडियाकर्मीको फोन नै रिसिभ नगर्ने, रिसिभ गरिहाले अन्तर्वार्ता दिनबाट पन्छिने गरेका छन् । हरेक दिनजसो अन्तर्वार्ता दिन रुचाउने एमाले नेताहरु जग्गा प्रकरणपछि मिडियाबाट टाढिएका छन् ।
सामाजिक संजालमा एमालेको कीर्तिपुरमा बन्न लागेको कार्यालयलाई ‘भाटभटेनी पार्टी कार्यालय’को संज्ञा दिन थालिएको छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend