काठमाडौं । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले ‘दान’ दिएको करिब ११ रोपनी जग्गा प्रकरणले सामाजिक संजालमा मात्र होइन, एमालेभित्रै पनि भित्रभित्रै बिरोध भइरहेको छ । तर खुलेर बिरोध गर्दा भीम रावल हुने त्रासले कोही बोल्न नसके पनि बिन्दा पाण्डेले साहसका साथ गुरुङबाट पार्टी कार्यालयका लागि जग्गा ‘दान’ लिनु गलत भएको टिप्पणी सार्वजनिक रुपमा गरेकी छन् ।
एमालेका केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यदेखि पदाधिकारीसम्मले भाटभटेनीका साहु गुरुङले दिएको दानलाई सही हो भन्न सकेका छैनन् । बिशाल भट्टराईले एक एफएम र गोकुल बास्कोटाले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा पार्टी कार्यालयका लागि ब्यापारीसँग दान लिने कार्यलाई सही हो भनेर प्रतिरक्षा गर्न सकेको देखिएन । उनीहरु दुवैले घुमाउरो ढंगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयको बचाउ गर्न खोजे । तर भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट दान लिनु उचित भएको तर्कपूर्ण जवाफ दिन सकेका छैनन् ।
चियापसल, सामाजिक संजालदेखि सडकसम्म एमाले नेताहरुले विवादित ब्यापारीबाट दान लिएको बिषयमा उठेको प्रश्नको जवाफ दिन सकेका छैनन् । जग्गा प्रकरणपछि एमालेका केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म मिडियामा बोल्नबाट पन्छिने गरेका छन् । मिडियाकर्मीको फोन नै रिसिभ नगर्ने, रिसिभ गरिहाले अन्तर्वार्ता दिनबाट पन्छिने गरेका छन् । हरेक दिनजसो अन्तर्वार्ता दिन रुचाउने एमाले नेताहरु जग्गा प्रकरणपछि मिडियाबाट टाढिएका छन् ।
सामाजिक संजालमा एमालेको कीर्तिपुरमा बन्न लागेको कार्यालयलाई ‘भाटभटेनी पार्टी कार्यालय’को संज्ञा दिन थालिएको छ ।
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend