काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन् ।
अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मिन बहादुर गुरुङमाथि विभिन्न मुद्धा मामिलाहरु राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्न पर्ने जरिवाना रकम समेत असुल गर्नपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिवाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्धा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनय विनय गरेको र त्यसरी मुद्धा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेण्टल एग्रिमेण्ट समेत गरेको कारण मात्र सो मुद्धा मामिलाबाट बचाउने प्रतिबद्धता सहित सो बापत प्रधानमन्त्री केपि शर्मा ओली ज्यूले घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मिन बहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ ।
यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने देखिन्छ । अत निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) को परिच्छेद ( २ ) को भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठवर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारवाही गर्न माग गर्दछु । आवश्यक प्रमाणहरु यसै निवेदनका साथ संलग्न गरिएको छ ।’
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend