काठमाडौं, १९ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।
कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारे एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् । उनले कोरोनाको प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावनातर्फ पनि स्रकेत गरेका छन् । कोरोनाको प्रकोपले विश्वब्यापी मन्दी ल्याउनसक्नेछ, जुन यसअघि कहिल्यै सामना गर्नुपरेको थिएन । गुट्रेसको रिपोर्टमा उल्लेख छ ।
राष्ट्रसंघले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गरेको छ ।