Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुजारीमाथि धारिलो हतियार प्रहार, एक जना पक्राउ


    शुक्रबार, भाद्र २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटको पूर्वीभेग दूर्गा भगवती गाउँपालिकामा एक जना पुजारीमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको छ । बिहीबार राति ११ बजेको समयमा दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोलस्थित श्रीरामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि मन्दिर छेउमै धारिलो हतियारले आक्रमण भएको हो ।

    घाइते भएका पुजारी साहको पिपरा बजारस्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको पुष्टि गर्दै आक्रमणमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

    घाइते पुजारीको अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार