Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रले दिए २ करोड


    मंगलबार, चैत्र १८ २०७६
    765
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ, १८ चैत । कोरोना संक्रमण रोकथाम कोषमा उद्योगी तथा ब्यापारीले सहयोग दिन कन्जुस्याई गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ प्रदान गरेका छन् । 
    कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा शाहले दुई करोड रुपैयाँ दिएका छन् । पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत् पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले सरकारलाई सहयोग गरेका हुन् ।

    मंगलबार पूर्वराजाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरेका छन् ।

     उनले महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार पनि प्रकट गरेका छन् ।

    पूर्वराजाको वक्तव्य यस्तो छ

    पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्वमा देखापरेको कोभिड १९” को सम्बन्धमा बक्सेको सन्देशः

    विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहलप्रति सम्बेदनशील हुँदै हामी सबैले आ आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भैसकेको छ ।

    यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।
    महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सन्चारकर्मी एबम पत्रकारहरूप्रति हामी आभारी छौँ ।

    आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुस्खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं ।
    राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ । दुःख कष्ट र आपत बिपतको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।

    भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार