Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा साढे १४ लाखको अवैध सामान बरामद


    बुधबार, भाद्र २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कैलालीमा साढे १४ लाख बढिको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट भन्सार छली गरेर भारतबाट ल्याइएका ११ लाख चार हजार रुपैयाँका मोटर पाट्सहरु र कपडा बरामद गरिएको हो ।

    प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ को ओम शान्ती टोलबाट ९१ हजार बराबरको कपडा समेत बरामद गरिएको छ भने भजनी नगरपालिका–५ को कुटीबाट २ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको छ ।

    सामान ओसार्न प्रयोग गरिएको से ७ प २५७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बेवारिसे अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय र भन्सार कार्यालय सत्तीमा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार