उदयपुर । १२ वर्षिय बालिका बलात्कार गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका ५ मेनामैनी गाउँका एक युवालाई उदयपुर जिल्ला अदालतले सोमबार १८ वर्ष कैद सजाय, ६लाख जरिवाना र २० हजार रुपैया जरिवाना गर्ने फैसला गरेको छ ।
बेलका नगरपालिका ५ का १९ वर्षिय सुशान्त मगरले सोही ठाउँकी १२ वर्षिय बालिकालाई २०७८ साल फागुन १३ गते बलात्कार गरेका थिए ।
उदयपुर जिल्ला अदालतका सूचना अधिकारी बुद्धराज निरौलाले दिएको जानकारी अनुसार बलात्कार आरोपित मगरले २०७८ फागुन १३ गते बालिकालाई बलात्कार गरेपछि १४ गते पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी गरेपछि आरोपित मगरलाई पक्राउ गरेका थिए । प्रहरीले जिल्ला सरकारी कार्यालय मार्फत २०७८ चैत्र ८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
उदयपुर जिल्ला अदालतको २०८० भदौ १८ गतेको फैसला अनुसार बलात्कार आरोपित मगरलाई १८ वर्ष कैद सजायका साथै ६ लाख जरिवाना र २० हजार क्षतिपूर्ति भराउने फैसाला गरेको सूचना अधिकारी निरौलाले बताए ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend