Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५ हजार रुपैयाँ घुससहित एक जना पक्राउ


    मंगलबार, भाद्र १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले महतोलाई पक्राउ गरेको हो ।

    उनले उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ। २५ हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई इनरुवा नगरपालिका ३ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार