Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले लुम्बिनी अधिवेशनको मत गणना सुरू


    मंगलबार, भाद्र १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो ।

    आगामी नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

    मंगलबार बिहान पौने ९ देखी सुरु भएको मतदान दिउसो ३ बजे सकिएको थियो । कुल एक हजार चार मतदाता मध्ये ९६५ जनाको मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार