Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जब देउवाले भने- गृहमन्त्री त आउने जाने हुन् भनेपछि लौ त भनेर प्रहरी हाकिमलाई हटाइदिएँ


    मंगलबार, भाद्र १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति तथा शेरबहादुर देउवाले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताएका छन् ।

    कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत सगर्व सुनाए ।

    देउवाले भने– व्युरोक्रेसीले सरकारको कुरा त मान्नु पर्‍यो नि,भोट कहाँ हालेको होला ठिकै छ । मन्त्री भइसक्यो चुनाव जितेर आइसक्यो के गर्नुहुन्छ ? मन्त्रीको कुरा पनि मान्नुपर्छ हेर्नुस् । कतिपय कुरा चित्त बुझ्छ बुझ्दैन,नमिल्ने कुरा भन्नुपर्छ । म आफैँ पनि भर्खर गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतले यस्ता मन्त्री त आउँछन् जान्छन् भनेछ । लौ त म कहिले जान्छु तिमी चाहिँ जाऊ भनेर हटाइदिएँ । सबैले यसै गर्नुपर्छ भनेको होइन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार