Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवा दम्पत्तिलाई सम्पत्ति शुद्धीकरणमा तानिदा सभामुख अर्यालकै अकूत सम्पत्तिमाथि उठ्यो प्रश्न


    शनिबार, चैत्र २८ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । २०४६ सालको परिवर्तनपछि सरकारका उच्च ओहदामा कार्यरत राजनीतिकदेखि प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन आयोग बनाउने घोषणा गरेको सरकारले हतार हतार नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको छ ।

    देउवा दम्पत्ति हङकङमा रहेको बेला यता सरकारले सम्पत्ति शुद्धीकरणको आरोपमा छानबिन गर्न पक्राउ पूर्जी जारी गरेको छ । एकातिर सरकारले देउवा दम्पत्तिलाई पक्राउ पूर्जी जारी गरेको छ भने अर्कोतिर रास्वपाबाटै सभामुख भएका डोलप्रसाद अर्यालकै सम्पत्ति विवरणबारे प्रश्न उठेको छ ।

    उपसभामुख अर्यालले सार्वजनिक गरेको सम्पत्ति बिबरणमा काठमाडौं र भक्तपुरसमेत १२ स्थानमा जग्गा, काठमाडौंमा घर, १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको उल्लेख छ ।

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शनिबार पार्टीको एक कार्यक्रमा बोल्दै भनेका छन्–‘नयाँ भनिने अभियानको नेतृत्वकर्ता सभामुखले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि धेरैलाई पत्याउन गाह्रो भएको छ । पोखरेलले अहिलेका सुशासनको नेतृत्व गर्ने भन्ने मन्त्रीहलाई भनेका छन्–‘सबैभन्दा पहिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोस् । त्यो सम्पत्ति विवरणको वैधानिकता परीक्षण गर्नुहोस् ।

    तपाईँहरूले कहाँबाट आय आर्जन गर्नुभयो, त्यसका लागि राज्यलाई तिर्नुपर्ने कर तिर्नुभएको छ कि छैन, कर तिर्नुभएको छैन भने त्यसलाई शुद्धीकरणको बाटोमा लैजाने खालको काम गर्नुहोस् । त्यसपछाडि मात्रै तपाईँहरूले समग्र राज्यलाई शुद्धीकरणको बाटोमा लैजान सक्नुहुन्छ ।’

    महासचिव पोखरेलले सरकार राजनीतिक पूर्वाग्रह, प्रतिशोध र लोकतान्त्रिक मूल्य विपरीत चलिरहेको समेत आरोप लगाए ।

    रास्वपाको बाचापत्रमा पद सम्हाल्नुअघि सम्पत्ति बिबरण सार्वजनिक गर्ने उल्लेख छ । तर सरकार गठन भएको १६ दिन बितिसक्दा पनि प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार