Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पक्राउ पूर्जीपछि देउवाले मुख खोले : सम्पत्तिबारे भ्रामक प्रचार गरियो, मेरो जीवन खुला किताब हो


    बुधबार, चैत्र २५ २०८२
    530
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । । सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ पूर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सम्पत्तिबारे भ्रामक प्रचार गरिएको बताएका छन् । उनले आफ्नो जीवन खुल्ला कितावन खुला किताब हो भनेका छन् ।

    स्वास्थ्य उपचारका लागि पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँगै हाल हङकङमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    मंगलबार साँझ अदालतबाट देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पूर्जी जारी भएको थियो । उक्त घटनापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै देउवाले आफूविरुद्ध सुरु भएको अनुसन्धानबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताएका छन् ।

    उनले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण नेपालका सम्बन्धित निकायमा नियमित रूपमा बुझाउँदै आएको दाबी गरेका छन् ।

    ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । मेरो जीवन एउटा खुला पुस्तक हो ’ देउवाको भनाइ छ ।
    यस प्रकरणको पृष्ठभूमिमा गत भदौ २४ गते जनेजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको घटना छ ।

    सो क्रममा देउवा दम्पती घाइते भएका थिए भने आगलागीपछि जलेको अवस्थामा नगद भेटिएको भनिएका भिडिओहरू सार्वजनिक भएपछि उनीहरूको सम्पत्तिको स्रोतबारे व्यापक प्रश्न उठ्न थालेको थियो ।

    देउवाले लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको स्मरण गराउँदै विगतमा आफूले अघि सारेका भ्रष्टाचारविरोधी कानुनहरूको उल्लेखसमेत गरेका छन् ।

    ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्न म गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरो प्रधानमन्त्रित्वकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको सर्वविदित छ’ उनले भने ।

    वास्तविकता समयक्रमसँगै बाहिर आउने विश्वास व्यक्त गर्दै उनले अतिरञ्जित र अपुष्ट विवरणको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

    यस्तो छ देउवाको भनाइ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार