Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज सुनचाँदीको बजार भाउ ?


    मंगलबार, भाद्र १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा गिरावट आएको हो ।

    अघिल्लो दिन सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार घटेर १ लाख १२ हजार ७ सय रुपैयाँमा झरेको छ भने सोमबार १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजाबी सुनको भाउ घटेर १ लाख १२ हजार १ सय ५० रुपैयाँमा झरेको छ ।

    यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ कायम गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार