काठमाडौं, १८ चैत । विश्वव्यापीरुपमा महामारीको रुप लिंदै गएको कोरोना भाइरस संक्रमण आशंका गरिएका बिरामी राख्न नेपाली सेनाले १ सय सैयाको आइसोलेसन बनाएको छ । त्यसमा ३० वटा हाइकेयर सैया छन् ।
कोरोनाको महामारीबाट २ सय भन्दा बढी मुलुकमा प्रत्यक्ष असर परेको छ । विश्वभरका साढे सात लाख भन्दा बढी नागरिक कोरोना सङ्क्रमित भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै ३८ हजार पुगिसकेको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नेपालले चैत ११ देखि लकडाउन गरेको छ । लकडाउनको अवधि बढाएर चैत २५ सम्म पुर्याइएको छ ।
कोरोना सङ्क्रमणलाई फैलन नदिन नेपाल सरकार लागिरहेको छ । त्यसैक्रममा नेपाली सेनाले पनि कोरोना संक्रमित बिरामीको उपचारका लागि आइसोलेसन निर्माण गरेको हो ।
साधारण अवस्थामा ओपिडी सेवा सञ्चालन गर्ने तयारीका साथ ‘जिओपिडी’ कम्पलेक्स बनाइएको भए पनि सेनाले विश्वव्यापी महामारीको रुप धारण गरेको यो प्रकोपको चपेटामा परेकाको उपचार गर्न ‘आइसोलेसन’ वार्डका रुपमा यसलाई प्रयोगमा ल्याएको हो ।
नव निर्मित कम्प्लेक्समा ३० शैंयाको हाइकेयरसहित कम्तीमा एक सय सैयाको आइसोलेसन तयारी अवस्थामा राखिएको जनाइएको छ ।
आइसोलेनस कक्ष निर्माणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । यसको करीब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आइसोलेसन वार्डमा बिरामीसँग कमभन्दा कम भेट हुनेगरी शैयाको व्यवस्थापन गरिएको छ । वार्डलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो क्षेत्रमा कोरोनाका सम्भावित बिरामीलाई क्वारेन्टाइनमा राखिने छ । बिरामीको नमूना परीक्षण भएर कोरोना सङ्क्रमितको पुष्टि नभएसम्मका लागि सो क्षेत्रमा राखिने छ । कोरोना सङ्क्रमित पुष्टि भइसकेपछि बिरामीलाई दोस्रो क्षेत्रमा राखिने छ । कुनै सङ्क्रमितलाई हाइकेयरको आवश्यकता भएमा मात्र ३० सैयाको हाइकेयर युनिटमा राखिने छ । सिकिस्त बिरामीलाई अक्सिजनसहित चिकित्सकको निगरानीमा राखिने छ ।
कोरोनाको आशङ्का गरिएका, पुष्टि भइसकेका बिरामीको एकै चोटि भेटघाट नहुने गरी सैयाको व्यवस्था गरिएको छ । बिरामीलाई खाना खान पनि छुट्टै प्रबन्ध गरिएको छ । बिरामीसँग कम भन्दा कम भेटघाट होस् भनेर सतर्कता अपनाइएको छ । बिरामीहरु खानाका लागि एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend