काठमाडौ । लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई सिधै आफूसँग सम्पर्क गर्न सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आग्रह गरेका छन् ।
मानन्धरले काठमाडौभित्र समस्यामा परेका सर्वसाधारणलाई सहजीकरणका लागि आफू तयार रहेको जानकारी दिएका छन् ।
काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहेका मानन्धरले लकडाउनका क्रममा सर्वसाधारणलाई पर्नसक्ने समस्या समाधानका लागि आफू २४ सै घण्टा तयार रहेको बताए ।
मानन्धरले आफूसहित आफ्नो सचिवालयका सदस्यहरुसँग सिधा सम्पर्क गरेर समस्या राख्न आग्रह समेत गरेका छन् । लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै मानन्धरले सहरी क्षेत्रका सर्वसाधारणको सिमीततालाई मध्यनजर गर्दै काठमाडौंका जनतासँग हातेमालो गर्न आफू तयार रहेको बताए ।
देशभर सरकारले संयन्त्र बनाएर जनताको जीवन रक्षाका लागि तिब्र रुपमा महत्वपूर्ण काम गरिरहेको बताउँदै मानन्धरले तत्काल काठमाडौंका जनतामा पर्ने समस्या समाधानका लागि आफूले सहजीकरण गरिरहेको बताए ।
मानन्धरले विषम परिस्थितिमा मुलुक रहेकाले सिमीतताका बीचमा दैनिकी चलाउन पनि आग्रह गरेका छन् । यस्तो समयमा घर भित्रै बसेर सरकारले गरिरहेको पहललाई साथ दिन आम नागरिकलाई मानन्धरले आह्वान समेत गरेका छन् ।
मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाइ आफ्नो मोबाइल नम्वर ९८५११५९५९२ मा सिधा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend