Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो सातामा कति रुपैयाँले बढ्यो सुनको मूल्य ?


    शनिबार, भाद्र १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको हो ।

    यस्तै, महासंघकाअनुसार हिजो शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० रुपैयाँ कायम थियो । यसबाहेक, सुनको मूल्य बढेको साता चाँदीको समेत मूल्य बढेको छ । तर, यो साता चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि आएको छ ।

    महासंघले हिजो शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ ।

    जुन, गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार