काठमाडौँ। हेटौँडाबाट बिहीबार राति ९५ हजार नक्कली नेपाली रुपैयाँसहित मकवानपुर प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीले रौतहटको कटहरीया नगरपालिका– ६ का १९ वर्षका धर्मेन्द्र महरा, कटहरीया नगरपालिका– १ का २१ वर्षका दीपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका– २ का ४० वर्षीय विजय तामाङलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा महरा र दासलाई हेटौँडा– १५ स्थित चुरियामाई मन्दिरनजिकै हिँडिरहेको अवस्थामा पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनीहरूको खानतलासी गर्दा महराको साथबाट उक्त परिणामको नक्कली नेपाली रुपैयाँ बरामद भएको प्रवक्ता कार्कीले बताए।
उनीहरूलाई इलाका प्रहरी कार्यलय पशुपतिनगरमा ल्याई सोधपुछ गर्ने क्रममा राक्सिराङका विजय तामाङले उक्त नक्कली रुपैयाँ दिएको सूचना दिएपछि प्रहरीले तामाङलाई पनि नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend