काठमाडौँ। हेटौँडाबाट बिहीबार राति ९५ हजार नक्कली नेपाली रुपैयाँसहित मकवानपुर प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीले रौतहटको कटहरीया नगरपालिका– ६ का १९ वर्षका धर्मेन्द्र महरा, कटहरीया नगरपालिका– १ का २१ वर्षका दीपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका– २ का ४० वर्षीय विजय तामाङलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा महरा र दासलाई हेटौँडा– १५ स्थित चुरियामाई मन्दिरनजिकै हिँडिरहेको अवस्थामा पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनीहरूको खानतलासी गर्दा महराको साथबाट उक्त परिणामको नक्कली नेपाली रुपैयाँ बरामद भएको प्रवक्ता कार्कीले बताए।
उनीहरूलाई इलाका प्रहरी कार्यलय पशुपतिनगरमा ल्याई सोधपुछ गर्ने क्रममा राक्सिराङका विजय तामाङले उक्त नक्कली रुपैयाँ दिएको सूचना दिएपछि प्रहरीले तामाङलाई पनि नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend