Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोल्पामा बालिका बलात्कार आरोपमा एक युवा पक्राउ


    शुक्रबार, भाद्र १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ मा बस्ने एकजना १३ वर्षीया बालिका बलात्कृत भएकी छन्।

    बालिका बलात्कार यस घटनामा संलग्न रहेको आरोपमा रुकुम (पश्चिम) आठबीसकोट नगरपालिका ६ मन्काबगरका २१ वर्षीया युवा चिरञ्जीवी बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

    बलात्कार आरोपित बोहोरालाई बिहीबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

    बोहोराको कोठामा बलात्कार प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र लिखित जाहेरी समेत परेपछि पक्राउ गरिएको बुढाथोकीले बताए ।

    पेशाले ड्राइभर रहेका बोहोरालाई जबरजस्ती करणी कसुर बमोजिम मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार