Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इलाका प्रहरी बुटवलका तत्कालीन डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    बुधबार, भाद्र १३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दिएको हो ।

    २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका( ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारले जनाएको छ ।

    उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैंसँग राखेका थिए । त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले बताएको छ ।

    अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दिएको हो । यो घटनामा प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा पनि उनी दोषी देखिएसँगै प्रहरी सेवाबाट अयोग्य हुनेगरी निष्कासन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार