Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २० किलो चाँदीसहित दुई जना युवा पक्राउ


    मंगलबार, भाद्र १२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध रूपमा २० किलो चाँदी लिएर काठमाडौं हिँडेका दुई युवा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का २५ वर्षीय रोहितकुमार यादव र ३७ वर्षीय शेचन मानन्धर रहेका छन् । उनीहरुलाई बिपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ५ को सिन्धुली गढी प्रहरी चौकीले पक्राउ गरेको हो ।

    उनीहरुले प्रयोग गरेको ०१–०२५ च १०६९ नं को निजी कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कारको पछाडि सिटमुनि लुकाएर २० किलो चाँदी राखेको फेला परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार