Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेस्तोलसहित काठमाडौंबाट एक युवक पक्राउ


    आइतबार, भाद्र १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्।

    उनलाई बुढानीलकण्ठ नगरपालिका-४ पासिकोटबाट शुक्रबार राति ८ बजे ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड ९ एमएम गोली र एकथाना म्यागजिनसहित पक्राउ गरेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार पेस्तोलसहित पक्राउ परेका सुरज यसअघि ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय भोगेर ०७१ मा कैदमुक्त भएका थिए।

    त्यतिबेला उनीसहितको समूहले रामेछाप घर भई बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेको थियो।

    उनी लागुऔषधको कारोबार तथा गुण्डागर्दीमा पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ।

    उनीमाथि थप अनुसन्धान भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार