काठमाडौँ। काठमाडौंबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्।
उनलाई बुढानीलकण्ठ नगरपालिका-४ पासिकोटबाट शुक्रबार राति ८ बजे ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड ९ एमएम गोली र एकथाना म्यागजिनसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार पेस्तोलसहित पक्राउ परेका सुरज यसअघि ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय भोगेर ०७१ मा कैदमुक्त भएका थिए।
त्यतिबेला उनीसहितको समूहले रामेछाप घर भई बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेको थियो।
उनी लागुऔषधको कारोबार तथा गुण्डागर्दीमा पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend