Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • झापा र सुर्खेतबाट लागूऔषधसहित दुई जना पक्राउ


    शनिबार, भाद्र ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुर्खेत र झापाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    सुर्खेतको भेरीगंगा नगरपालिका–५ बाट जुम्ला चन्दननाथ नगरपालिका–५ बस्ने २८ वर्षीय युवराज पक्राउ परेका छन्। अधिकारीका साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने ११ ग्राम ७ सय ७० मिलिग्रामसहित पदार्थ बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरोले जनाएको छ। प्रहरी टोलीले क।प्र।०२००१ ख ०१०२ नम्बरको गाडीमा जाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ गरिएको बताएको छ ।

    त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट सोही नगरपालिका– ६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेल पक्राउ परेका छन् । उनलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम १३ मिलिग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीले प्रहरीले जनाएको छ ।

    प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले मे ६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त पदार्थसहित पक्राउ गरिएको जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार