Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित नौ जना पक्राउ


    शुक्रबार, भाद्र ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित नौं जना पक्राउ परेका छन् । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका १२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारसहित नौ.जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा वडाअध्यक्ष ज्ञान बहादुर दनुवार,प्रकाश सापकोटा, हरि ठकुरी, मित्र भुजेल, सुर्दशन रेग्मि, राजन चौलागाईं, राजकुमार तामाङ र गणेश गुरुङ रहेका छन् ।

    वडाध्यक्षसहित अन्य नौ. जनालाई पाँचखाल नगरपालिका भवन सँगै रहेको एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
    जुवाको खालबाट नगद १ लाख ९० हजार रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार