काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्य सूची सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली गोलभेँडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेँडा १३०, टनेल गोलभेँडा सानो ६३, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौँला ५० कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरि डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली १४०, कागती १३० रुपैयाँ, भिण्डी ५५, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १४० रुपैयाँ, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०,अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend