Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोटेश्वरबाट गाँजा सेवन गरेको आरोपमा ८ जना पक्राउ


    बुधबार, भाद्र ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको कोटेश्वरस्थित खाजा घरबाट प्रहरीले गाँजा सेवन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । महानगरपालिका–३२ स्थित खाजा पसलबाट ५० ग्राम गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ परेको हो ।

    पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भएर जडीबुटी बस्ने २६ वर्षीय धिरज लामासहित ८ जना छन् ।

    खाजा घरमा गाँजा सेवन गरेको सुराकको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार