Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बलात्कार आरोपमा झापाबाट एकजना पक्राउ


    सोमबार, भाद्र ४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। बलात्कार आरोपमा झापाबाट ४३ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राई छन् ।

    राईले २० वर्षीया युवतीलाई लाई बलात्कार गरेको आरोप छ । उनी आइतबार दिउँसो पक्राउ परेका हुन् । आरोपितले ती युवतीलाई ललाई फकाई साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।

    प्रहरी चौकी तोपगाछीको टोलीले पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार