Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २०७७ सालमा कति दिन बिदा हुँदैछ ? (हेर्नुहोस्)


    मंगलबार, चैत्र १८ २०७६
    840
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १८ चैत ।  सरकारले २०७७ सालको बिदा सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी वर्षको बिदा स्वीकृत गरेको हो । गत वर्षभन्दा करिब दुई सातापछि बिदा स्वीकृत गरेको हो । आगामी वर्ष  करिब ७८ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो मध्य ५२ दिन शनिबार परेको छ ।
     गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । उक्त बिदा जात, लिङ्ग र क्षेत्र अनुसार फरक फरक छन् । यो बिदा २०७७ वैशाख १ गतेदेखि लागु भई चैत मसान्तसम्मका लागि हो ।
     
    मन्त्रालयले २०७७ मा ५२ दिन शनिबार, पर्वबिदा, महिलाका लागि हरितालिका, जितीया पर्व मनाउन बिदा दिने भएको छ । पर्वबिदा विभिन्न ठाउँमा फरक फरक हुने भएको छ ।
     
    मन्त्रालयका अनुसार शिक्षण संस्थाहरूलाई मात्र बसन्त पञ्चमीका दिने बिदा दिने भएको छ । उपत्यकामा ४ वटा जात्राको सार्वजनिक बिदा दिइएको छ । जस अनुसार गार्ईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा र रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा रहेका छन् ।
     
    त्यस्तै दशैं बिदा, तिहार बिदा, दिवस बिदा, अपाङ्ग कर्मचारीलाई छुट्टै बिदा, जन्म जयन्ती बिदा र राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने बिदा दिने भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार