काठमाडौं । केन्द्रीय कारागार सुन्धारा जैसीदेवलस्थित कारागारका जेलर ललित बस्नेतले अदालतलाई समेत ढांटेको खुलेको छ । काण्डैकाण्डमा परेर मूल नाइकेबाट हटाइएकी अनिला श्रेष्ठको कुरा र चाकडीको भरमा उनले गैंरकानुनी काम गरेको समेत खुलेको छ ।
कानूनले काठमाडौंमा अदालतबाट पुर्पक्षमा गएका बन्दीहरूलाई उपत्यका बाहिरका कारागारहरूमा पठाउन नपाउने स्पष्ट उल्लेख गरेको छ । बारम्बार पेशीमा काठमाडौं आइरहनुपर्ने भएको कारण पनि कानुनी रूपमा नै उनीहरूलाई उपत्यका बाहिरका कारागारहरूमा पठाउन नपाउने व्यवस्था गरिएको हो । तर जेलर ललित बस्नेतले कानुन बिपरीत आफू नजिकका मूल नाइके अनिला श्रेष्ठको कुरा सुनेर केही व्यक्तिलाई उपत्यका बाहिर पठाएको खुलेको हो । बैदेशिक रोजगार सम्बन्धी केशमा पुर्पक्ष गएकी लक्ष्मी खड्काको पेशी गत २९ गते थियो ।
अदालतले दुई पटकसम्म कारागारमा फोन गरेर लक्ष्मी खड्कालाई झिकाउने आदेश दियो । तर कारागारले अदालतलाई बारम्बार ढाँटेर ल्याउँदैछौं भने तर ल्याएनन् । त्यसपछि अदालतले लक्ष्मी खड्कालाई उपत्यकाभित्र नै राख्ने भन्ने आदेशको पत्र कारागारलाई पठायो । कानुन व्यवसायी लक्ष्मी मैनाली पनि पुर्पक्षमा गएका व्यक्तिहरूलाई उपत्यका बाहिरका कारागारहरूमा पठाउन नपाउने कानुनी व्यवस्था रहेको बताउँछन् ।
जेलर ललित बस्नेत र मूल नाइके रहेकी अनिला श्रेष्ठको मिलिमतोमा महिला कारागारमा धेरै काण्डहरू घटेको र अनिला श्रेष्ठले गरेका हरेक गैरकानुनी कार्यलाई जेलर बस्नेतले सहयोग र साथ दिदै आएका समाचार धेरै सार्वजनिक भएपछि केही दिन अगाडि मात्रै अनिला श्रेष्ठलाई मूल नाइकेबाट हटाएर कल्पना राईलाई बनाइएको छ । जबकि मूल नाइके हुनुपर्ने खेममाया पुन थिइन् । अनिला श्रेष्ठले आफूले भनेको नमान्ने अनि दुश्मनी भएका सबै बन्दीहरूलाई उपत्यका बाहिर पठाउने काम गर्दै आइरहेकी थिइन् । उनको सिफारिस जेलर बस्नेतले हुबहु मान्दै आइरहेका थिए । अहिले मूल नाइके भएकी कल्पना राई अनिला श्रेष्ठको नजिकैकी भएको कारण नाम मात्रै कल्पनाको र काम जति सबै अनिलाले नै गर्ने गरेको समेत खुलेको छ ।
अनिला श्रेष्ठको सिफारिसमा पुर्पक्षमा रहेका लक्ष्मी खड्का, निशा गुरूङ समेतलाई गत असार ११ गते हेटौंडास्थित भीमफेदी कारागार पठाएको छ । यसअघि पनि अनिला श्रेष्ठसँग विमति राखेका कारण लक्ष्मी खड्कालाई सिन्धुली, रामेछाप पठाएको र पछि अदालतको आदेशले उपत्यका ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत विवादमा तानिए । केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरिरहेकी अनिला श्रेष्ठले कैदी बन्दीमाथि व्यापक दमन र कुटपीट गरेको घटनामा गृहमन्त्रालयले छानबिन गरेको थियो । उजुरी तथा छानबिन नटुंगिदै उनलाई चौकीदार बनाउन प्रमुख जिल्ला अधिकारी बस्नेतले सिफारिस गरेको उनैले स्वीकार गरेका छन् । यसअघि गृहमन्त्रालयमा रहँदा बस्नेतले अनिला श्रेष्ठमाथि छानबिन गरेका थिए ।
सुन्धाराको कारागारभित्रै लागुऔषध मदिरासमेत प्रवेश गराएको आरोप लाग्दै आएको छ । अनिला श्रेष्ठले कारागारभित्रै विभिन्न व्यक्तिमाथि कुटपीट गरेको आरोप छ । गत असार १९ गते पनि महिला कैदी धनमाया पुनको हात भाँचिने गरी कुटपीट गरेको थियो । सो पीडित समूहले विभिन्न निकायमा उजुरी दिएका छन् । तर, यसअघिको छानबिन समेत नटुंगिई अर्को उजुरी पर्दा समेत जेलर बस्नेतले आर्थिक प्रभावमा परेर श्रेष्ठलाई चौकीदार सिफारिस गरेको आरोप छ । अनिलाले जेलभित्र आफू साउन १ गतेदेखि नै चौकीदार हुन लागेको बताउने गरेकी एक कैदीले बताए । ती कैदीका अनुसार जेलभित्र उनले आफूले जेलर बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेत र कारागार विभागका प्रमुखसम्मलाई मोटो रकम बुझाएको बताउने गरेको आरोप छ ।
यसअघि हुण्डी कारोवार अन्तर्गत राजस्व छलीमा बन्दी जीवन बिताइरहेकी निशा गुरूङलाई राम्रो सुत्ने ठाउँ मिलाई दिने प्रलोभनमा पारेर करिब रु. ५ लाख, टेलिफोन सुबिधा मिलाई दिने भनी ५ लाख, खानाको राम्रो सुबिधा मिलाइदिने भन्दै ५ लाख रुपैयाँ अनिला श्रेष्ठले लिएको आरोप समेत लागेको छ । यसबाहेक उनै अनिला श्रेष्ठले कारागारभित्रको गोप्य लुटधन्दा बाहिर पुर्याएको आरोप लगाउंदै पटकपटक स्थानान्तरण गरिदिने धम्की दिएर झण्डै २० लाख समेत लिएको आरोप पनि लागेको छ । तर पनि निशा गुरूङ र लक्ष्मी खड्का समेतलाई असार ११ गते भीमफेदी कारागार पठाएको छ ।
ललित बस्नेत केन्द्रीय कारागार प्रमुख भएको करिब सात महिनामा झण्डै २५ देखि ३० जना कैदी बन्दीहरू स्थानान्तरण गरिएको छ । यसमा अनिला श्रेष्ठको प्रमुख हात रहेको छ । झण्डै ५० लाखको कारागारभित्रको गैरकानुनी कार्य लुकाउन बन्दी लक्ष्मी खड्का र ललिता शाहीलाई सिन्धुली कारागार स्थानान्तरण गरिएको थियो । अनिला श्रेष्ठले ठगी गरेको रकम फिर्ता माग्दा लिना श्रेष्ठ, ममता तामाङ, सन्तोषी ठकुरी, कमला लामा, कविता सुब्बा लगायतका १० जनालाई तुरुन्त अन्यत्र स्थानान्तरण गरियो । धनमाया पुन मगर प्रकरणमा पनि ७ लाख ३० हजार माग्दा उल्टो कुटपिटबाट उनको हात भाँचियो ।
पुरूष कारागारतर्फ पनि रकम लेनदेन बिवादकै कारण गत असार १३ गते नकुल तामाङलाई स्थानान्तरण गरिएको छ । आर्थिक लेनदेन बिवादकै कारण बिमला तामाङको नाइके पद खोसेर उनको सबै सुविधा कटौती मात्रै होइन आफन्त समेतलाई भेट गर्न दिइएको छैन ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend