Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा लेखापाल पक्राउ


    आइतबार, भाद्र ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कञ्चनपुरमा छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा लेखापाल पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्रप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

    जोशीले विद्यालयमा अध्ययनरत १५ वर्षकी बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेखापालले छात्रालाई अभद्र व्यवहार गरेको भन्दै आइतबार विद्यार्थीहरुले विद्यालयमा प्रदर्शन गरेका थिए ।

    सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार