काठमाडौँ। एक जना पैदलयात्री २ किलो सुनसहित रसुवामा प्रकाउ परेका छन्।
रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार हिजो शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका २४ वर्षका सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन्।
‘स्याफ्रुवेशीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो,’ डिएसपी केसीले भने।
शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।
प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।
उनीहरू दुबै जना र सुनको अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको प्रहरीको भनाइ छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । थापाले नाम फिर्ता लिने जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका थिए...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend