काठमाडौँ। काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
आइतबार बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापा छन्।
मृतक पुरूषको ठेगाना खुलिसकेको छैन। उनीहरू दुबैलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको केहीबेरमा मृत्यु भएको हो।
मोटरसाइकलमा सवार १० वर्षीया बालिका गम्भीर घाइते छिन्। उनको परिचय खुलिसकेको छैन। उनको कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका-७ घर भई बस्ने बर्षीय ४१ बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend