Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • कैदीबन्दी मृत्यु प्रकरणमा प्रहरी सहित १२ जना माथि अनुसन्धान हुदैँ


    शनिबार, भाद्र २ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या भएको प्रकरणमा प्रहरी सहित १२ जना माथि अनुसन्धान सुरु गरिएको छ । कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी सहित १२ जना अनुसन्धानमा तानिएका छन् ।

    कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदार सहित केही कैदीको संलग्नताले देखिएको थियो ।

    कैदी मृत्यु प्रकरणमा प्रहरी सहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र गोदारले जानकारी दिए । घटनामा संलग्न देखिएका प्रहरी र कैदी सहित १२ जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए ।

    कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कार्रवाहीका लागि सिफारिस गरिएको प्रहरी उपरीक्षक गोदारले बताए । प्रहरीले साउन २८ गते आइतबार कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो ।

    असई चौधरीलाई शुक्रबार पुन ः ५ दिन म्याद थप गरेको छ भने अन्य ११ जनालाई पहिलो म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    उक्त घटनामा संम्लग्नलाई छानविन टोलीको प्रतिवेदनका आधारमा थप कार्रवाही प्रक्रिया अघि बढाइने प्रहरी नायव उपरीक्षक गोदारले बताए ।

    घटनापछि गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार