Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्या आरोपमा मकवानपुरबाट एक जना पक्राउ


    शनिबार, भाद्र २ २०८०
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका—८ देउती खोलामा एक महिलाको कुटपिटबाट ज्यान गएको छ ।स्थानीय दुई महिलाहरूबीच आपसी विवादमा कुटपिटवाट घाइते भएकी ५१ वर्षीया जालीमाया घिसिङको मृत्यु भएको छ ।

    उनको हत्या गरेको आरोपमा बैकया गाउँपालिका—८ कै ४८ वर्षकी पातलीमाया भ्लोनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

    साउन २४ गते घिसिङ र भ्लोन झगडा गरेका थिए । उक्त घटनामा घिसिङ घाइते भएकी थिइन् । साउन ३१ गते वडा कार्यालयको न्यायिक समितिले घिसिङको उपचार खर्च भ्लोनले गरिदिने सहमतिमा विवाद टुगिएको थियो । घिसिङको टाउकोमा चोट लागेको थियो । साउन ३२ गते राति घिसिङ एक्कासि बेहोस भएपछि उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएको थियो । अस्पतालले काठमाडौं रिफर गरेको थियो ।

    काठमाडौंको टिचिङ अस्पतालका चिकित्सकले उपचार हुन नसक्ने भनेपछि डिस्चार्ज गरेर घरतर्फ ल्याउने क्रममा शुक्रबार वाटोमै मृत्यु भएको थियो । घिसिङको मृत्युपश्चात प्रहरीले पातलीमाया भ्लोनलाई शनिबार घरवाटै पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडा ल्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार