Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस


    बिहिबार, साउन ३२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरीका १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । आज बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकहरुको बढुवा गरेको हो ।

    बढुवा सूचीको पहिलो नम्बरमा राजेश उप्रेती रहेका छन् । यस्तै बढुवा सूचीको अन्तिममा तेज प्रसाद पोखरेलको नाम रहेको छ ।

    बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकहरुले सात दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार