Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संखुवासभामा कुटपिटपछि दुई कैदीको कारागारमै मृत्यु भएको इन्सेकको निष्कर्ष


    बिहिबार, साउन ३२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संखुवासभा कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्‍याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले दाबी गरेका छन्।

    साउन २४ गते जिल्ला कारागार संखुवासभामा कैद जीवन भुक्तान गरिरहेका विनोद तोलांगी र आकाश बलामीको मृत्यु भएको थियो । उनीहरूको यातनाका कारण मृत्यु भएको निष्कर्षसहितको प्रतिवेदन इन्सेकले बिहीबार सार्वजनिक गरेको छ ।

    स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मी सहितको टोलीको अनुगमन पछि तोलांगी र बलामीको कारागारभित्रै कुटपिट गरेर हत्या भएको निष्कर्ष रहेको इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बताए । उनले बिहीबार भएको पत्रकार सम्मेलनमा हत्यापछि मात्रै बिहान उनीहरूलाई अस्पताल लगेको देखिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार