काठमाडौं । सरुवा रोग अस्पताल टेकूमा आइसोलेसनमा राखिएका बूढानीलकण्ठ नगरपालिकाका कोरोना आशंकित ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । बुढानीलकन्ठ ८का एक पुरुषलाई कोरोना भाइरस लागेको आशंका गरी सोमबारदेखि आइसोलेसनमा राखिएको थिया ।
चैत ६ मा दुवईबाट एयर अरेबियाको विमानबाट आएका बुढानीलकन्ठ नगरपालिका वडा नम्बर ८ निवासी ३४ बर्षीय पुुरुषलाई ज्वोरो, खोकी देखिएकाले शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकूमा आइसोलेसनमा राखिएको थियो । विदेशबाट आउनासाथ उनी क्वारेन्टाइनमा राखिएको थियो । ज्वरो बढी देखिएपछि सोमबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।
ती पुरुषलाई कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएपछि मण्डिखाटार सुन्दरबस्ती क्षेत्रका बासिन्दामा सन्त्रास छाएको थियो ।