Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय कारको ठक्करबाट एक वृद्धको मृत्यु


    बुधबार, साउन ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

    विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारीसाधनले ठक्कर दिँदा मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवार कमल–४ का ६८ वर्षीय शान्तिराम खनालको मृत्यु भएको हो ।

    मंगलबार साँझ ७ बजे अत्यधिक गतिमा आएको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा खनाल गम्भीर घाइते भएका थिए । उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामा जानकारी दिए ।

    ठक्कर दिने सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार