काठमाडौं । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । अघिल्लो आव २०७८/८० मा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो । कोभिडको प्रभाव कम हुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले पनि निर्यातमा वृद्धि भएको हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले चीनमा व्यापार बढ्नु सकारात्मक भएको बताए ।
कोभिडका कारण अघिल्लो वर्ष निर्यात न्यून थियो, गत वर्ष चीन सरकारले स्वदेशी सामान निर्यातमा लगाउँदै आएको प्रोटोकल लुज गरेकाले निर्यात बढ्न गएको हो । भारतपछिको ठुलो बजार चीन भएकाले स्वदेशी वस्तुको निर्यात बढाउने पर्याप्त सम्भावना भएकाले निर्यात बढाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
“चीनकै अरू प्रान्तबाट सामान ल्याउनभन्दा नेपालबाट सामान लैजान नजिक पर्ने हुँदा लागत कम हुन्छ,” उहाँले भन्नुभयो, “क्वारेन्टाइनका मापदण्ड पूरा गर्न नसक्दा, अर्गानिक उत्पादनसँगै अन्य पूर्वाधार निर्माण गर्न नसक्दा निर्यातमा समस्या छ ।”
विभागका अनुसार आव २०७७/७८ मा एक अर्ब एक करोड रुपियाँ बराबरको सामान निर्यात भएको थियो । यस्तै आव २०७५/७६ मा नेपालबाट दुई अर्ब सात करोड रुपियाँको सामान निर्यात भएको तथ्याङ्क छ । चीन नेपालको वैदेशिक व्यापारको दोस्रो साझेदार मुलुक हो । चीनतर्फ निर्यात न्यून रहे पनि आयात भने उच्च परिणाममा हुने गरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको छ ।
आव २०७९/८० चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड ५९ लाख रुपियाँको सामान आयात भएको छ । आव २०७८/७९ मा दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपियाँको सामान आयात भएको थियो । आव २०७७/७८ मा दुई खर्ब ३३ अर्ब रुपियाँको सामान आयात भएको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend