Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरमा तरबार प्रहारबाट एक जना घाइते


    सोमबार, साउन २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरबार प्रहार भएको छ । आज दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै एक युवकमाथि तरबार प्रहार भएको हो ।

    तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिम गम्भीर घाइते भएका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।

    उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।

    हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार